म्युजिकल्लीमा हिट बन्दै रेखाको ‘हल्का माया’ !

रेखा थापाको पछिल्लो फिल्म ‘मालिका’ मा समावेश ‘हल्का माया के माया’ बोलको गीत हिट भैरहेको छ, म्युजिकल्ली अर्थात् टिक टकमा । यो गितको म्युजिकल्ली बनाएर युट्युव तथा फेसवुकमा पोस्ट गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । अधिकांश मध्येका केही म्युजिकल्लीलाई रेखाले आफ्नो फेसबुक तथा फ्यान पेजमा सेयर गरिरहेकी छिन् ।

रेखाको हल्का माया मा सर्वसाधारण मात्रै नभएर नेपालका नायिका, गायिका तथा मोडलहरुले पनि म्युजिकल्ली बनाइरहेका छन् । नायिका सुष्मा कार्की, नम्रता सापकोटा, गायिका निशा सुनुवार, मोडल सम्झना बुढाथोकीको साथमा सुरविर पण्डित लगायतले हल्का मायामा म्युजिकल्ली गरेका छन् । सर्वसाधरण धेरैले म्युजिकल्ली गरेका छन् । रेखा आफैले भने म्युजिकल्ली गरेकी छैनन् । उनको म्युजिकल्ली अकाउन्ट पनि छैन । साउण्ड ट्रयाक :

म्युजिकल्लीमा हिट भएपछि रेखाले ‘हल्का माया’को साउण्ड ट्रयाक पनि सार्वजनिक गरेकी छिन् । यो ट्रयाकमा गित गाउनेहरु मध्येबाट केहीलाई आकर्षक गिफ्ट ह्याम्पर दिने घोषणा समेत रेखाले गरेकी छन् । रेखा फिल्मस्को ब्यानरमा बनेको मालिका लाई रेखा आफैंले निर्देशन गरेकी हुन् । ‘हल्का माया’ गीत :

फिल्ममा नर बहादुर कार्की कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् । निर्माता सरस्वती थापा हुन् । मालिका लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आउने रेखाले घोषणा गरेकी हुन् । फिल्ममा रेखासँगै जाजारकोटकी कमला वलीको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha