रिलिजलाई लिएर उत्साहित ‘मिस्टर भर्जिन’ टिम

विशारद बस्नेतको निर्देशन रहेको फिल्म ‘मिस्टर भर्जिन’ फिल्म शुक्रबार देखि प्रर्दशन हुँदैछ । मिस्टर भर्जिन प्रर्दशनी काउन्टडाउन घण्टामा सुरु हुँदा फिल्मको टिम निकै उत्साहित देखिएका छन् ।

फिल्मका निर्देशक विशारद बस्नेतले एकै दिन धेरै फिल्म लाग्ने भएपनि आफ्नो फिल्मले दर्शकको साथ पाउने विश्वास व्यक्त गरे । उनले भने ‘भोली मर्निङ्ग शो देखि नै कुन फिल्मले हल पाउँने कुनले नपाउने, हल बढाउने नबढाउने बारेमा वितरकबीच पनि निर्णय हुन्छ होला, त्यो हिसाबमा चै हामी खुशि छौ ।’ ‘मिस्टर भर्जिन’सँग अन्य तीन नेपाली, दुई बलिउड र एक अंग्रेजी फिल्म लाग्दैछन् । उनले फिल्म ठमेलमा रहेको काहानीमा आधारित रहेको खुलाए । ‘यस फिल्ममा तीन जना युवाको यौन मनोविज्ञानमा मात्र नभई सामाजिक सन्देश पनि छ’, निर्देशक बस्नेतले भने ।

‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha