‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’ मध्ये कुन हेर्ने ?

भदौ १ गते, शुक्रबार चार नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘जय शम्भु’, ‘ब्ल्याक’, ‘मिस्टर भर्जिन’ र ‘१२ मासे’ एक साथ प्रर्दशनमा आएका हुन् । हलिउड र बलिउड फिल्म पनि हलमा रहेका कारण नेपाली फिल्मलाई मल्टिप्लेक्समा निकै कम शो दिइएको छ ।

‘ब्ल्याक’

प्रदिप श्रेष्ठको निर्देशन रहेको फिल्म ‘ब्ल्याक’ मा आँचल शर्मा र आकाश श्रेष्ठका साथै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजालको अभिनय रहेको छ । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा कथा मौनता श्रेष्ठले लेखेका छिन् । रामशरण उप्रेतीको छायाँकन रहेको यो फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । द्वन्द्व निर्देशन चन्द्र पन्तको छ । फिल्म एक्सन लभ स्टोरी जनराको हो । आकाश र आँचलसँग गरिएको रमामइलो कुराकानी हेर्नुस् :

‘मिस्टर भर्जिन’

तीन युवाको यौन मनोविज्ञानमा बनेको फिल्म ‘मिस्टर भर्जिन’ लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायत कलाकारहरुको अभिनय रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । गौरव र मरिस्कासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘जय शम्भु’

रुपेश तामाङ (थिङ) को लेखन र निर्देशन रहेको फिल्म ‘जय शम्भु’ मा अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्रकारको मुख्य भुमिका रहेको छ । फिल्मलाई दिनेश शाहीले निर्माण गरेका हुन् । छायांकन हरिघले लामाले गरेका छन् । एक्सन लभ स्टोरी फिल्मका कार्यकारी निर्माता अरबिन्द्रमान शाक्य हुन् । बर्षा र प्रशान्तसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘१२ मासे’

लय संग्रौलाको निर्देशन बनेको फिल्म ‘१२ मासे’ मा जय किसन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदिप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लागायतका कलाकारहरुको अभिनय गरेका छन् । फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगित रहेको छ । बासु न्यौपानेको छायांकन रहेको र अनन्त घिमिरेको सम्पादन रहेको छ । यो फिल्म बिना प्रचार सुटुक्क हलमा आउन लागेको हो । १२ मासे प्रोमो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha