अमेरिकामा आमा बन्दै नायिका युना उप्रेती

नायिका युना उप्रेती आमा बन्ने भएकी छन् । आधा दर्जन भन्दा बढि फिल्ममा अभिनय गरेकी युनाले आमा बन्न लागेको खुसी फेसबुक मार्फत गरेकी हुन् । हाल उनी अमेरिकामा छिन् ।

उनले आमा बन्न लागेको कुरा अमेरिकाबाट नै सामाजिक संजालमा तस्बिर सहित स्टाटस पोस्ट गर्दै जानकारी दिएकी हुन् । उनको बच्चाले गर्भमा स्थान लिएको २५ औं हप्ता पुगेको जानकारी दिएकी छन् । उनी लेखछिन् ‘मेरो बच्चाले मलाई आमाको रुपमा जन्म दिइसकेको छ । आमा बन्नु सौभाग्यको कुरा हो । म मा धेरै परिर्वतन आएको छ । म आफुलाई पहिलाको भन्दा सुन्दर, मायालु अझ बलियो र शक्तिले भरिपूर्ण पाइरहेकी छु ।’ करिब पाँच वर्ष अगाडि

अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिवाह गरेकी थिइन । उनको श्रीमान् मेडिकल अफेयर्समा काम गर्छन् भने उनी अमेरिकाको ऐकेडेमी बैंकमा पर्सनल बैंकरको रूपमा कार्यरत छिन् ।

अमेरिका पुगेपछि विकास अधिकारीसँग विवाह गरेकी युनाले अभिनय गरेको पहिलो फिल्म ‘पर्खिबसेँ’ हो भने अमेरिका जानु अगाडि उनले ‘प्रितीको फूल’ मा काम गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha