आकाशलाई कस्को लाग्ला लक, आँचल कि पूजा ?

नायक आकाश श्रेष्ठका लागि यो साल फिल्म रिलिजका हिसाबले राम्रो देखिएको छ । आकाश अभिनित फिल्म ‘ब्ल्याक’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । आकाशकै ‘रामकहानी’ भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । आकाशको ड्रिम गर्ल पनि प्रदर्शनको पर्खाइमा छ ।

‘ब्ल्याक’ र ‘रामकहानी’ मा आकाश दुई नाम चलेका हिरोइनसँग स्क्रिन सेयर गरेका छन् । आकाशको जोडी भएर ब्ल्याक मा नायिका आँचल शर्मा र रामकहानी मा नायिका पूजा शर्मा प्रस्तुत भएकी छिन् । यसअघि आकाशले अभिनय गरेका म त तिम्रै हुँ र तिमी सँग बक्स अफिसमा सफल भएनन् । यी फिल्ममा आकाशको जोडी भएर क्रमशः ज्योत्सना योगी र साम्राज्ञी राज्यलक्ष्मी शाह थिए । जुन जोडी लाई दर्शकको साथ त्यति मिलेन । आकाश र आँचलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

अब आकाशलाई आशा आँचल र पूजाको छ । दुई हिरोइन मध्ये आकाशको जोडी को सँग बक्स अफिसमा हिट होला ? आँचल र पूजा मध्ये आकाशलाई कसको लाग्ला लक ? प्रतिक्षा गरौं ।  आकाश र पूजासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha