भन्सालीको फिल्ममा सलमान र दीपिका !

संजय लीला भंसालीको निर्देशनमा बन्न लागेको फिल्म ‘इंशाअल्लाह मा सलमान खानको साथमा दीपिमा पादुकोण देखिने चर्चा चलिरहेको छ । अहिले भंसाली फिल्मको स्क्रिप्टमा व्यस्त छन् । फिल्मको स्क्रिप्टको काम सकिएपछि फिल्मको स्टार कास्टको सार्वजनिक गरिनेछ, जसमा सलमान र दीपिका रहने चर्चा छ ।

अर्काे वर्ष देखि छांयाकन सुरु गरिने भनिएको फिल्म इंशाअल्लाह मासलमान खान रहने चर्चा ‘रेस ३’ को प्रचार देखि नै चर्चामा आएको हो । यस फिल्ममा सलमान खान हुने पक्का भए सँगै दीपिका पनि यस फिल्ममा सामेल हुन सक्ने कुरा बाहिरिएको हो ।

औपचारिक घोषणा नभएपनि स्रोतको अनुसार ‘दीपिका पनि यो फिल्ममा काम गर्नेछिन् । दीपिका र भंसाली बिच राम्रो सम्बन्ध छ, एक साथ काम पनि गरेका छन्, यसैले पनि भंसालीलाई दीपिकाले हुँदैन भन्दिनन् ।’

दीपिकाले आफनो फिल्मी करियर सुरु गरे देखि अहिलेसम्म सलमान खानसँग काम गरेकी छैनन । दीपिकालाई ‘किक’ र ‘सुल्तान’मा सलमानले अफर गरेका थिए, तर यो जोडि एक साथ देखिने अवसर भने पाएको थिएन । के अब यो फिल्ममा यो जोडि एक साथ देखिने छन ?

यो कुराले दर्शकलाई निकै उत्सुक बनाएको छ । पद्मावत पछि दीपिकाले कुनै फिल्म साइन गरेकी छैन । यसैले पनि यो फिल्ममा देखिने निश्चत मानिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha