‘जय शम्भु’लाई राहत, शनिबारबाट ठुला पर्दामा सारियो

फिल्म ‘जय शम्भु’ लाई शनिबार ठुला पर्दामा सारिएको छ । शुक्रबार साना पार्दामा रिलिज भएको फिल्मलाई शनिबार बिहानदेखि ठुला पर्दामा सारिएको निर्माता दिनेश शाहीले दाबी गरेका छन् ।

‘जय शम्भु’ लाई राजधानीका गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायत हलहरुमा ठुलो स्क्रिन दिइएको निर्माता शाहीको भनाई छ । यस्तै काठमाडौं बाहिर पुर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले जानकारी दिएका छन् । मोफसलका वितरक एफडि कम्पनिले अझै हलहरु थपिरहेको बताएका छन् । एकल पर्दामा फिल्मलाई दर्शकले राम्रो भनिरहेको समेत निर्माताको दाबी छ । मल्टिप्लेक्समा जय शम्भू लाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ । प्रशान्त र बर्षासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

एक्सन लभ स्टोरी फिल्ममा अनुपविक्रम शाही, प्रशान्त ताम्रकार र बर्षा शिवाकोटीको मुख्य भूमिका छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् । विशेष शोपछि बर्षा र अनुपसँग गरिएको कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha