दया र केकीको ‘घामपानी’ एक नम्वर ट्रेन्डिङमा

फिल्म ‘घामपानी’ लाई युट्युवमा चासोका साथ हेरिएको छ । दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको यो फिल्म अहिले ट्रेन्डिङको पहिलो नम्वरमा छ । एक दिनमै १२ लाख बढीले हेरेका छन् । पुरा फिल्म हेर्नुस् :

‘घामपानी’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । सञ्चारकमर्की लामाको यो डेव्यु निर्देशकिय फिल्म हो । फिल्मलाई सिनेमा आर्टले टर्च लाइट प्रोडक्सनसँग सहकार्य गरेर बनाएको हो । फिल्ममा दया र केकीसँगै अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्पर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय छ । सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha