उज्ज्वल र खुश्बु बने पहिलो ‘मिस्टर एण्ड मिस एम्पेरर’

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौको लागि ग्राण्ड फिनाली भएको छ । बिहिवार राष्ट्रिय सभागृहमा भएको प्रतियोगिताबाट पुरुषतर्फ उज्जवल दुलाल विजेता बने भने महिलातर्फ खुश्बु गिरी विजेता बनिन् ।

दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । ’मिस्टर एण्ड मिस एम्पेरर’का यि दुई विजेताले म्यूजिक भिडियोमा खेल्ने अवसर पाउनेछन् । दोश्रो चरणको विजेताले भने फिल्ममा अभिनयको अवसर पाउँनेछन् । काठमाण्डौमा जस्तै देशभरका अन्य नौ शहरमा पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने छन् ।

काठमाण्डौको फिनालीमा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए भने महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा क्रमशस् फर्स्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए । फर्स्ट रनरअप र सेकेण्ड रनरअपले समेत दोश्रो चरणमा स्पर्धा गर्न पाउनेछन् ।

फिनालीमा नायक गौरव पहारी, निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा नायक सलिनमान बनियाँ, नायिका पुजा शर्मा, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई लगायतको उपस्थिती थियो ।

यूवा कलाकारहरुको समेत सहभागिता रहेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha