‘बाँध मायाले’ अष्ट्रेलिया प्रिमियर, आकर्षणमा आर्यन

फिल्म ‘बाँध मायाले’ को पहिलो वल्र्ड प्रिमियर गरिएको छ । यही अगस्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । फिल्मका सह निर्माता महेन्द्र अधिकारीले त्यहाँको प्रिमियर शो गर्ने व्यवस्था मिलाएका हुन् ।

आइतबार पनि अष्ट्रेलियाको हर्टसभिलमा ‘बाँध मायाले’ को शो राखिएको छ । त्यहाँ पनि नायक अधिकारीले सहभागी हुँदैछन् । ‘पहिलो प्रिमियरमा सहभागीले फिल्मलाई मन पराउनु भयो’,पहिलो वल्र्ड प्रिमियर बारे आर्यनले भने, ‘यहाँको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ ।’ अष्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा ‘बाँध मायाले’को शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । त्यहाँ पनि आर्यन सहभागी हुनेछन् ।

सविर श्रेष्ठले निर्देशन गरेको फिल्म ‘बाँध मायाले’ मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको अभिनय छ ।

नेपालमा ‘बाँध मायाले’ असोज ५ गतेदेखि प्रदर्शन हुँदैछ । रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha