११ वर्ष कान्छा निकसँग प्रियंकाको इन्गेजमेन्ट

३६ वर्षको उमेरकी प्रियंका चोपडा र २५ वर्षका अमेरिकन गायक निक जोन्ससँग १८ अगस्तमा इन्गेजमेन्ट भएको छ ।

निक र प्रियंका पछिल्लो तीन महिना देखि डेट गरिरहेका थिए । छोटा समयको डेटपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका छन् । यो भन्दा पहिला नै प्रियंकाको जन्मदिनमा निक र प्रियंकाले पुरै रिति रिवाजबाट इन्गेजमेन्ट गरेका थिए । अहिले यिनिहरुले भारतीय परम्परा अनुसार इन्गेजमेन्ट गरेका छन् ।

इन्गेजमेन्टको फोटो सामाजिक सञ्जालमा पोस्ट भए सँगै निक र प्रियंकालाई बलिउड सेलिव्रेटीले शुभकामना दिने शिलशिला चलिराखेको छ । उनीहरुलाई ऋतिक रोशन, रणवीर सिंह, आलिया भट्ट, सानिया मिर्जा, वरुण धवल, इलियाना डीक्रुज, डायना पेन्टी सहितका कलाकारहरुले यस जोडिको लागि शुभकामना दिएका छन् ।

इन्गेजमेन्टमा अनुषा डांडेकर, आलिया भट्ट, आयुष शर्मा, सिद्धार्थ रोय कपुर, विशाल भारद्धाज लगायतका कलाकार सामेल थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha