शनिबारको यो भिड आइतबार फर्किएला ?

एकाध फिल्ममा बाहेक हिजोआज शनिबार पनि हलमा दर्शकको भिड देख्न मुस्किल छ । तर यो शनिबार भने हलमा दर्शकको भिड राम्रै देखियो । शनिबारको यो भिड चार वटा नेपाली फिल्ममा बाँडिए ।

प्रदर्शनतरत चार फिल्महरुमध्ये शनिबार ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’ मा दर्शकको संख्या राम्रो देखियो । ‘१२ मासे’ फिल्ममा खासै दर्शक देखिएनन् । शुक्रबार सन्तोषजनक व्यापारले निराश भएका निर्माता तथा कलाकार शनिबार भने उत्साहित देखिए । तीनै फिल्मका कलाकार राजधानीका हलहलमा पुगेका थिए ।

‘जय शम्भु’ टिम चावाहिलको गोपिकृष्ण र बालाजुको अष्टनारायण हल पुगेका थिए । ‘ब्ल्याक’ टिम गोपिकृष्णका दर्शक माझ पुगेको थियो भने ‘मिस्टर भर्जिन’ टिम सुन्धाराको सिभिलम ल पुगेको थियो ।

शनिबार हलमा दर्शकको संख्या राम्रै देखिएपनि आइतबारबाट दर्शकको चाप कम हुँदै जाने आँकलन गरिएको छ । किनकी ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’ लाई ए वन प्रतिक्रिया मिलिरेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha