‘रामकहानी’ ले चलायो सिग्नेचर क्याम्पियन

‘रामकहानी’ प्रचारका लागि निर्माण पक्षले विभिन्न उपाय अपनाई रहेको छ । राजधानीका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन पछि अब यसको निर्माण पक्षले सिग्नेचर क्याम्पिएन चलाएको छ ।

काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही युवाहरुले यो क्याम्पिएन गरेका छन् । विशेषगरि, ‘रामकहानी’ को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका युवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए । यो सँगै हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी पनि दिएका थिए । ४ जनामध्ये जसले सर्वाधिक कसले धेरै फिल्मको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको थियो । यो आइडिया फिल्मकै प्रचार संयोजक दिपेन्द्र खतिवडाको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी लभ स्टोरी फिल्म यही भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha