देशका आठ शहरमा ‘रोजी’को कन्सर्ट

फिल्म ‘रोज’ ले देश दौडाहाको घोषणा गरेको छ । आइतबार निर्माण कम्पनीले मुलुकका आठ सहरमा टुर टाइमलाइन सार्वजनिक गरेको हो ।

मोफसलको ठूलो फिल्म बजार तालनगरी पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ । १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइयो । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित फिल्म २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् । फिल्ममा प्रदीप खड्का, परमिता राज्य लक्ष्मी राण र मिरुना मगरको मुख्य भूमिका छ ।

हलमा फिल्म प्रदर्शन हुन अझै तीन साता बाँकी छ । शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आगामी विहिबार ट्रेलर लन्च गर्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha