आस्था राउतको बुलन्द स्वरमा रेखा-कमला ‘उडिजाउ…’

रेखा थापाको फिल्म ‘मालिका’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘हल्का माया’ पछि ‘मालिका’को ‘सररसरर हावा बहन्छ’ गीत सार्वजनिक गरिएको । आस्था राउतल गाएको यस गीतमा रेखा थापा र कमला वली फिचरिंग छन् । भिडियो हेर्नुस् :

सुरेश अधिकारीको संगीत तथा शब्द रहेको ‘मालिका’को गीत विशेष गरी महिलाहरुका लागि उत्प्रेरणादायक छ । सार्वजनिक गीतबारे रेखाको भनाइ छ, ‘रेखा फिल्मसको लागि यो एक युगिन जिम्मेवारी बोध छ । खास गरी छोरी चेलीको आजको अवस्था बिम्बित गर्ने यो गीत, सबै प्रकारअका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज हुनेछ ।’

रेखा थापा आफ्नै निर्देशन रहेको ‘मालिका’ यस वर्षको लक्ष्मीपूजादेखि प्रदर्शनमा आउँदैछ । नरबहादु कार्कीको कथा तथा कार्यकारी निर्माण रहेको फिल्ममा रेखा र कमला वलीको मुख्य भूमिका छ । निर्मातामा आमा सरस्वती थापा रहेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha