‘ब्ल्याक’ हेरेपछि पलले गरे आकाश र आँचलको प्रशंसा

नायक पल शाह आइतबार फिल्म ‘ब्ल्याक’ हेर्न कुमारी हल पुगेका थिए । फिल्म हेरेपछि उनले आफ्नी प्रेमिका आँचल शर्माको फिल्मको खुलेर तारिफ गरे । आँचलसँगै पलले नायक आकाश श्रेष्ठको भूमिकाको पनि प्रशंसा गरे । पल, आँचल र आकाशसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘फिल्ममा धेरै कुरा हवाट छन्’, पलले भने, ‘फिल्मको कथाको पक्ष नै राम्रो लाग्यो ।’ पर्दामा आकाश र आँचलको जोडी राम्रो देखिएको भन्दै आकाशले बाबल काम गरेको उनले बताए । ‘आकाशले बबाल गरेको छ । लभी डभी मात्रै हेरिरहेको थियो यसमा फरक पाएँ’, पलले भने ।

आश्मा फिल्मस् को ब्यानरमा बनेको ’ब्ल्याक’ हेर्न शनिबार दर्शकको चाप राम्रो थियो । प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डे र चेतनकुमार पाण्डेले लगानी गरेका छन् । आकाश र आँचलसँगै फिल्ममा सुन्दर श्रेष्ठ, प्रिया रिजाल, सुशिल क्षेत्री, सुशान्त कार्की लगायत अभिनयमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha