‘रेनी’ हिरोइन सनमले दिइन् बर्थ डे पार्टी

आगामी शुक्रबार अर्थात ८ भदौमा प्रदर्शन हुन लागेको फिल्म ‘रेनी’की हिरोइन, स्क्रिप्ट राइटर तथा गीतकार सनम मल्लले आइतबार राजधानीमा एक बिशेष कार्यक्रम आयोजना गरि जन्मदिन मनाएकी छिन् । पछिल्लो दिन रेनीको प्रमोशनमा खटिइरहेकी सनमले ब्यस्तताका बाबजुत पनि संचारकर्मी, आफन्त तथा रेनी युनिटका बीच केक काट्न भ्याइन् ।

‘फिल्म प्रचारप्रशारमा ब्यस्त रहे पनि जन्मदिन मनाउन भने भुलिनँ’, आफूले तिथीअनुसार जन्मदिन मनाएको बताउदै उनले भनिन्, ‘खासमा त मेरो जन्म दिन भदौ ७ मा हो । तर, तिथिले भने आज भेट्यो ।’ उनलाई रेनीका अभिनेता दीपक ढकाल, हास्यकलाकार टंक डुम्रे, गीतकार गुरु भुटिया, निर्माता बिमला र संजीव मल्ललगायत संचारकर्मी तथा आफन्तले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।

त्रिकोणात्मक प्रेमकथाको रेनी गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सनमका साथमा दीपक ढकाल, सरोज खनाल, टंक डुम्रे, सुरवीर पण्डित, बिजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन् । सनम रेनीले आफूलाई हिरोइन तथा फिल्म लेखकका रुपमा स्थापीत गराउनेमा बिश्वस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha