बलिउडमा बन्दैछन् सुपरहिट स्टारसँग सुपरहिट सिक्वेल

कुनै पनि फिल्मको सिक्वेल बनाउदा स्टारकास्ट भयो भने फिल्म सुपरहिट विश्वास बढेको छ । पछिल्ला केहि फिल्महरुले यहि टे्रन्डलाई अंगाल्दै अगाडि बढेका छन् । बलिउडमा सपरहिट फिल्मको सिक्वेल बनाउने लहड नै चलेको छ । केही सुपरहिट फिल्मको सिक्वेल बनाउने तयारी थालिएको छ ।

लाफ इन ए मेट्रो

२००७ मा आएको फिल्म ‘लाइफ इन ए मेट्रो’ ले बक्स अफिसमा हिट भएको थियो । यो फिल्मको कहानी र कलाकारको भुमिकालाई निकै मन पराइएको थियो । यस फिल्मको गीत पनि धेरै वर्ष सम्म दर्शकले रुचाएका थिए । निर्देशक अनुराग बसु यो खास फिल्मको सीक्वल बनाउने योजनामा छन । पहिलो फिल्मकै जस्तै यो फिल्ममा पनि मल्टीस्टार कास्ट हुनेछन् । यस फिल्ममा करीना कपूर, सैफ अली खान, राजकुमार राव, रणबीर कपूर, सिद्धार्थ मल्होत्रा, इरफान खान लगायतका कलाकार हुनेछन् ।

दबंग ३

सलमान खानको ‘दबंग ३’ को छांयाकन सुरु भईसकेको छ । यो फिल्म २०१९ मा फ्लोरमा आउने आशा राखिएको छ । ढिलै भएछ भने पनि २०२० सम्म रिलिज हुने छ । फिल्ममा सलमान र सोनाक्क्षी नै छन् ।
२.० रजनीकान्तको फिल्म रोबोटको सीक्वल फिल्म ‘२.०’ नोबेम्बर २९ मा रिलिज हुँदैछ । यस फिल्मबाट अक्षय कुमारले साउथ फिल्ममा डेब्यु गरेका छन ।

‘यमला पागला दीवाना ३’ 

देओल परिवारको फिल्मको सिक्वल एक पटक फेरि देखिने भएको छ । यो फिल्म ३१ अगस्तमा रिलिज हुनेछ ।
हाउसफुल ४ लगातार तीन सुपरहिट फिल्मपछि निर्माता साजिद नाडियावाला हाउसफूल फ्रेन्चाइजको चौथो फिल्म पनि बनाउने घोषणा गरेका छन् । फिल्म २०१९ दिवालीमा रिलिज हुने तयारीमा छ ।

चांदनी बार २

मधुर भन्डारकरको अवार्ड विनिंग सुपरहिट फिल्म चादनी बारको सीक्वल फिल्म सुरु हुँदैछ । १७ वर्ष पहिला रिलिज भएको फिल्म तब्बूले मुख्य भुमिका निभाएकी थिइन । यसै फिल्मबाट तब्बूले राष्ट्रिय पुरस्कार पाएकी थिइन् ।
टोटल धमालधमालको तेस्रो पार्टमा अजय देवगन सामेल भएका छन् । यस फिल्ममा माधुरी दीक्षित र अनिल कपुरको पनि मुख्य भुमिका रहने छ ।

स्टुडेन्ट अफ द ईयर २

यस फिल्ममा टाईगर श्राँफ बाहेक अनन्या पाण्डे र तारा सुतारिया लगायत अन्य कलाकार रहेका छन् । यो फिल्म २०१९ रिलिज हुनेछ ।

सरफरोश 

निर्देशक जोन मैथ्यूले सरफरोशको सीक्वल फिल्म निर्माण हुने घोषणा गरेसँगै यस फिल्ममा आमिर खानको ठाँउमा जोन अब्राह्म हुने खुलासा गरेका छन

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha