‘चंगा चेट’ गीत : क-कस्को गोजीमा दाम छैन ? (भिडियो)

तीन जोडी स्टारर फिल्म फिल्म ‘चंगा चेट’को गीत रिलिज गरिएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा र सन्दिप क्षेत्री तथा सुरक्षा पन्त र रविन्द्र झाले नृत्य पस्केका छन् । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा हरिहर तिमल्सिनाले शब्द लेखेका छन् । स्वरमा राजनराज सँगै मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर दिएकी छन् । नवराज उप्रेतीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म लाई माधव वाग्ले र सर्मिला पाण्डेले निर्माण गरेका हुन् ।

पहिलो गीत रिलिज गरेसँगै चंगा चेटको प्रदर्शन मिति पनि तय गरिएको छ । सोमबार गरिएका प्रेसमिटमा फिल्म कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha