‘ड्रिम गर्ल’ आश्मासँग रोमान्टिक आकाश (भिडियो)

फिल्म ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक भएको छ । ‘फूल टिपेर’ बोलको गीतमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरी प्रस्तुत छन् । कलाकार लक्ष्मी गिरी र विल्सन विक्रम राई पनि फिचरिंग गीतको भिडियो हेर्नुस् :

अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको गीतमा दुर्गा खरेलले फिमेल भोकल दिएकी छन् । शब्द निर्देशक ऋषिराज आचार्यले आफैंले लेखेका हुन् । फिल्ममा निर्देशक आचार्य, अर्जुन शर्मा र रामेश्वर धितालको लगानी छ ।

आकाश, आश्मा र विल्सनसँगै ड्रिम गर्ल मा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ रुपा सुवेदी, सुशिल पोखरेल, रश्मी भट्ट लगायतको अभिनय छ । फिल्म असोज १९ देखि आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha