‘नाईं नभन्नू ल’ मिस गरेकी केकी ५ मा यसरी जोडिइन्

नाईं नभन्नू ल ५को मा कलाकारको रुपमा फाइनल हुने केकी अधिकारी अन्तिम कलाकार थिइन् । फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले केकीले अहिले गरेको भूमिका गर्ने कलाकार भेटेका थिएनन् ।

उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्य कुरा गरि हेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् । प्रोमो :

तर आचार्यले केकीलाई नाईं नभन्नू ल सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक पटक थिएन । आचार्यले पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए । तर केकीले ‘स्वर’ बाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन् । उनले पहिलो नाईं नभन्नू ल यसरी मिस गरेकी थिइन् । पछि आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को फिल्ममा व्यस्त भएका कारण यो फिल्म पनि गर्न पाइनन् । तर, फेरि जब ५ बाट पनि अफर आयो, न उनले यो अवसर गुमाउन चाहिनन् । गीत

‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै फिल्म तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

केकी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि नाईं नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ,’ केकीको भनाई छ । फिल्म गर्ने निर्णय गर्न केकीलाई निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन् । उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन् ।

भदौ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । फिल्म देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ । फिल्ममा मुख्य भूमिका अनुभव रेग्मी र सेड्रिना शर्माको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha