रेखा थापाको जन्मदिन, अनुमान गर्नुस् कति वर्ष पुगिन् ?

नेपाली फिल्म क्षेत्रकी सर्वाधिक चर्चित र सफल नायिका रेखा थापाको भदौ ५ गते जन्मदिन हो । रेखालाई जन्मदिनको शुभकामना ।

करिब दुई सय फिल्महरुमा अभिनय गरेकी रेखालाई थुप्रैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् । सेलिव्रेटी, सञ्चारकर्मीदेखि सर्वसाधरण सम्मले रेखालाई ह्याप्पी वर्थ डे टु यु लेखेर फेसबुकमा पोस्ट गरिरहेका छन् । करिश्मा मानन्धर, दिपाश्री निरौला, पूजा शर्मा लगायतले रेखालाई जन्मदिनको शुभकामना दिएका छन् । सबैको शुभेच्छाबाट दंग भएकी रेखा एसोेएस बाल बच्चासँग जन्मदिन मनाउँदै छिन् । उनी यतिबेला तिहारमा रिलिज हुने फिल्म मालिका प्रचार प्रसारमा व्यस्त छिन् ।

नेपाली फिल्म क्षेत्रमा झण्डै दुई दशक बिताएकी रेखा थापा आफै चाहि कति वर्षकी भइन् होला त ? ‘वर्ष त आउँछ जान्छ । मन र मस्तिष्क पो जवान हुनु पर्यो त ?’ उनले ठट्यौली शैलीमा भनिन् । आफ्नो उमेर भन्न नचाहेपनि रेखा थापा २०७५ साल भदौ ५ गतेबाट ३५ वर्षमा प्रवेश गरेकी छन् । रेखा र दीपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha