अनुभव र सेड्रिनाको प्रेमलाई सबैले हेर्न मिल्ने

विकासराज आर्चायको निर्देशनमा बनेको फिल्म ‘नाई न भन्नु ल ५’ सेन्सर पास भएको छ । भाद्र ८ गते देखि देशव्यापी रुपमा रिलिजमा आउन लागेको फिल्मले सेन्सरबाट युनिर्भसल प्रमाण पत्र पाएको छ ।

फिल्ममा कुनै प्रकारको हिंसात्मक र अश्लिल दृश्य नभएको र पारिवारिक वातावरणमा हेर्न मिल्ने भन्दै चलचित्र विकास बोर्डले ‘नाईं नभन्नू ल ५’ लाई युनिर्भसल सर्टिफिकेट दिएको हो । पारिवारिक प्रेम कथामा बनेको फिल्म नाईं नभन्नु ल ५ मा अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भूमिका छ । अनुभव र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह, बुद्दी तामाङ, अभिषेक नेपाल, उत्तम केसी लगायत कलाकारहरुकोे अभिनय रहेको छ । फिल्मको कथा लेखन सामिप्यराज तिमल्सेनाको हो भने पुरुषोत्तम प्रधानको छायाँकन र बसन्त सापकोटाको संगीत छ । स्वस्तिमा र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha