सलमान खानको भाइ अरवाज दोस्रो विवाह गर्दै !

अहिले बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाहको चर्चा चलिरहेको छ । केही दिन अघिमात्र उनले निक जोनससँग इन्गेजमेन्ट गरेकी थिइन् । अर्काेतिर बलिउड अभिनेता सलमान खानका भाइ तथा अभिनेता अरबाज खानको पनि विवाहको चर्चा भारतीय मिडियामा हुन थालेको छ ।

भारतीय एक पत्रिकालाई खान परिवार निकट स्रोतले अरबाजको विवाह छिट्टै हुनसक्ने बताएका छन् । अरबाजले विवाह गर्ने सोच बनाए पनि परिवारले अनुमति नदिईएकोले यो विवाह ढिलो भएको भारतीय मिडियामा समाचार प्रकाशित भएका छन् । तर, परिवारले नमाने पनि अरबाजले बिहे गरेर नै छाड्ने भएका छन् ।

परिवारले चाहिं अरबाजलाई आफ्नै पहिचान बनाउनमा फोकस हुन सल्लाह दिएको छ । सलमान खानको भरमा पहिचान बनाउँदा पहिलेको पारिवारिक जीवनमा समस्या आएकाले अब त्यो परिवर्तन गर्नु पर्ने उनको परिवारले सल्लाह दिएको भारतीय मिडियामा समाचार छ ।

उता, अरबाजले जर्जियासँग विवाह गर्ने अन्तिम तयारी गरिररहेको भारतीय मिडियाको दाबी छ । उनी अहिले जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेको कुरा चाहिँ केही पहिले नै आएको थियो । जर्जिया बलिउड फिल्ममा काम गरिसकेकी अभिनेत्री हुन् ।

केही समय अघि अरबाज र जर्जिया कार्यक्रमहरुमा सँगै देखिएका थिए । गत वर्षको आइपिएलमा र केही समयअघि सञ्जय कपुरको घरमा भएको पार्टीमा यी दुई सँगै देखिएपछि उनीहरुको सम्बन्धबारे चर्चा चल्न थालेको थियो ।

अरबाजको पहिलो विवाह सन् २०१७ को मे मा छुटेको थियो । पूर्वश्रीमती मलाइका अरोडा र अरबाजका छोरा अरहान खान १५ वर्षका भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha