‘कथा काठमाडु’ को ‘धुलोमाण्डु’ सार्वजनिक

संगीता श्रेष्ठको लेखन र निर्देशनमा बनेको फिल्म ‘कथा काठमाडु’को शिर्ष गीत ‘धुलोमाण्डु’ सार्वजनिक भएको छ । हरिवंश आर्चायको स्वर रहेको यस गीतमा बुलेट फ्लोले फिचरिङ गरेका छन् । यस गीतमा शब्द, संगीत र संयोजन सुरज विक्रम थापाको रहेको छ । भिडियो हेर्नुस् :

विजय राईको लगानी रहेको यस फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरी, सञ्जोग कोइराला र सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी तीन जोडीको अभिनय रहेको छ । लुज सिंहले छायांकन गर्नेछन् भने मित्र गुरुङले सम्पादन गर्नेछन् । यस फिल्म असोज १२ गते रिलिज हुदैछ । प्रमोद अग्रहरीसँग गरिएको कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha