यी ६ फिल्म, जसले रेखा थापालाई हिरो बनाए

रेखा थापाले आफनो फिल्मी करिअर ‘हिरो’ फिल्मबाट सुरु गरेकी थिइन् । सन् १९९९ मा मिस नेपालको टप १० मा परेपछि रेखाको फिल्मी यात्रा सुरु भएको हो । झण्डै दुई दशक लामो फिल्मी यात्रामा रेखाले करिब दुई सय फिल्ममा अभिनय गरेकी छन् । रेखा थापा फिल्मी जगतमा हिरोको रुपमा परिचित छिन् । यिनै हिरो नायिकाको जन्मदिन पारेर उनी अभिनित उत्कृष्ट ६ फिल्मलाई यहाँ प्रस्तुत गरेका छौं :

मितिनी
रेखाले ‘हिरो’ फिल्मबाट डेब्यु गरेकी थिइन । अनिश कोइराला निर्देशित फिल्म ‘मितिनी’ले रेखालाई दर्शक माझ चिनायो । विपना थापा र रेखा थापाको अभिनय रहेको ‘मितिनी’ फिल्म आज पनि दर्शकको मनमा बस्न सफल भएको छ । यस फिल्मको गीत ‘नरिसाऊ मितिनी ज्यू’ त झन सदाबहार गीत नै भएको छ ।

दुर्गा
‘दुर्गा’ फिल्म रेखाको लागि बरदान नै सावित भयो । आज जुन रुपमा रेखा थापा भनेर चिनिन्छ, यो स्वरुप रेखाले सोही फिल्मबाट पाएकी हुन् । ‘दुर्गा’ मा रेखा एक्सन रुपमा प्रस्तुत भएकी छन् । रेखाको एक्सनलाई दर्शकले निकै रुचाए । शोभित बस्नेत निर्देशित यस फिल्ममा विराज भट्ट, रमित ढुङ्गाना र रेजीना उप्रेतीको मुख्य भूमिका छ ।

हिम्मत
‘हिम्मत’ फिल्ममा पनि रेखा हिरोको रुपमा देखिएकी छिन् । यस फिल्मबाट रेखाले निकै चर्चा बटुल्न सफल भइन् । दिपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, विराज भट्ट, रमित ढुङ्गाना, दिनेश शर्मा लगायतको कलाकारको अभिनय रहेको छ । रेखाको दोहोरो भूमिका रहेको हिम्मतका गीत संगीत पनि निकै हिट छन् ।

कसले चोर्याे मेरो मन
‘कसले चार्यो मेरो मन’ लभ स्टोरीमा आधारित फिल्म हो । यस फिल्ममा आर्यान सिक्देल र रेखा थापाको जोडिलाई दर्शकले निकै मन पराए । सविर श्रेष्ठ निर्देशित यस फिल्मबाट रेखाले थुप्रै अवार्ड पाइन् । ‘कसले चोर्यो मेरो मन’को शिर्ष गीत अझै पनि उत्तिकै लोकप्रिय छ ।

बाटो मूनिको फुल
जातिय विभेदलाई अंगाल्दै निर्माण गरिएको ‘बाटो मुनिको फुल’ले दर्शकको निकै माया पाएको थियो । यस फिल्म मार्फत दर्शकलाई दिन खोजेको सन्देशलाई न्याय गरेर अभिनय गरेका कलाकारहरुको पनि निकै चर्चा भयो । यस फिल्मबाट रेखाले फिल्मी जगतमा अलग्गै पहिचान बनाउन सफल भइन् ।

काली
सविर श्रेष्ठको निर्देशन रहेको ‘काली’मा रेखा थापाको दबंग रुपलाई देख्न सकिन्छ । छविराज ओझासँग छुट्टिएपछि रेखाले पहिलो पटक निर्माण गरेको यो फिल्म हिट भयो । यो फिल्मको रहेको ‘बट स्लोली स्लोली बोलको गीतले बजार पिटेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha