‘गोपी’ सुटिङमा बिपिनले काटे जन्मदिनको केक

भदौ ५ गते, फिल्म ‘गोपी’को सुटिङमा अभिनेता बिपिन कार्कीको जन्मदिन मनाइएको छ । फिल्म युनिट र सञ्चारकर्मी माझ बिपिनले आफ्नौ ३५ औं जन्मदिनको केक काटेका हुन् । भिडियो हेर्नुस् :

बिपिनको जन्मदिन मनाउने योजना भने नायिका बर्षा राउतले बनाएकी रहिछन् । ‘बिहान उठ्ने बित्तिकै फोन गरेर विस गरें, अनि केक काटौं भनेर श्रीधर दाइलाई फोन गरें’, बर्षाले भनिन् । फिल्म ‘जात्रा’ मा सँगै काम गरेपछि बर्षा र बिपिन नजिक भएका हुन् । वर्थ डे सेलिव्रेसनको व्यवस्थापन गरेकोमा बिपिनले बर्षालाई धन्यवाद दिए । बर्षा भन्दा अघि बिपिनलाई श्रीमतीले १२ बजे ह्याप्पी वर्थ डे भनेकी रहिछन् ।

निर्देशक दिपेन्द्र लामा, लेखक सामिप्यराज तिमल्सिना र कार्यकारी निर्माता पौडेलले बिपिनलाई जन्मदिनको शुभकामना दिए । उनीहरुले बिपिनको कामको पनि प्रशंसा गरे । ‘गोपी’को छायाँकन यसै साताबाट सुरु भएको हो । फिल्ममा बिपिन र बर्षासँगै सुरक्षा पन्त, अंकित खड्का लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha