निकिता र पूजाको असमझदारी मेटियो

चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल र नायिका तथा निर्मात्री पूजा शर्माबिच उत्पन्न असमझदारी टुंगिएको छ । मंगलबार एक आपसमा भेटघाट गर्दै दुई बिचको असमझदारी मेटाएका हुन् ।

वोर्ड अध्यक्ष पौडेलसँगको भलाकुसारी पछि पूजाले फोटो सहित आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् । ‘निकिता दिदीप्रति झन सम्मान बढ्यो’, पूजा लेख्छिन्, ‘थुप्रै कुरा र घटनापछि भावनामा मैंले उक्त स्टाटस लेखेकी थिएँ ।’ निकिता र आफुबिच भेटघाट गराउन सहजकर्ताको भूमिका खेल्ने कलाकार अनुरागमानसिंह कुँवरप्रति पनि धन्यवाद ज्ञापन गरेकी छिन् । पूजासँग गरिएको कुराकानी हेर्नुस् :

भदौ २२ गते ‘रामकहानी’ सँग ‘रोजी’ फिल्म आउने भएपछि वोर्ड अध्यक्ष पौडेललाई विभिन्न आरोप लगाउँदै एक साता अगाडी फेसबुकमा गाली गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha