‘जय श्री दाम’को रमाइलो पोस्टर रिलिज

फिल्म ’जय श्री दाम’को अफिसियल फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा फिल्म मुख्य तीन कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा प्रस्तुत छन् । नायिका जेबिका कार्की पोस्टरमा अटाएकी छैनन् । फिल्म पौष २० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

पोस्टरमा कलाकारहरुलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ । राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत भएका छन् भने अमृत र विनोदले गमलालाई नमस्ते गरेर बसेका छन् । पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको ’नमुना’ जोडिएको छ । मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मलाई बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । फिल्म शिक्षा अध्ययन गरिरहेका उप्रेतीको यो ठुलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हो । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह( निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ’जय श्री दाम’लाई मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । यो फिल्ममा संगीत सुशआन्त गौतमको छ । अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि फिल्ममा लिड अभिनयमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha