कपिल शर्मा पञ्जावी फिल्म निर्माण गर्दै

कमेडिका किङ्ग भनेर चिनिने कपिल शर्मा अहिले टीभीको दुनियाँबाट पर छन् । यसै बीच उनी एक नयाँ अवतारका साथ आउने जानकारीको खुलासा भएको छन् । जानकारी अनुसार कपिल शर्मा पञ्जावी फिल्मको निर्माता बन्ने भएका छन् । उनको निर्माणमा रहेको फिल्म सन अफ मञ्जित सिंह अक्टोबरमा रिलिज हुने भएको छ ।

कपिल शर्माले यस कुरालाई सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यस फिल्मको घोषणा एक भिडियो मार्फत गरिएको हो । कपिलले यो फिल्म सुमित सिंहसँग मिलेर निर्माण गर्न लागेका हुन् । कपिलले टवीटरमा लेखेका छन्– ‘मञ्जित सिंह र उसको छोराको दिल छुने कहानी । पञ्जावी फिल्म सन अफ मञ्जित सिंह १२ अक्टोबरमा रिलिज हुँदैछ । पहिलो झलक छिटै आउँने छ । तपाईहरुको आशिर्वाद चाहिन्छ । गुरुप्रीत घुग्गी सहित चर्चित कलाकार यस फिल्ममा रहेको छन् ।’
यो भन्दा पहिला कपिलले हिन्दी फिल्म फिरंगी निर्माण गरेका थिए, जसमा उनी आफैको मुख्य भुमिका रहेको थियो । यो फिल्म बक्स अफिसमा फ्लप सावित भयो । त्यसपछि निकै समय सम्म उनी फिल्मी पर्दा र टिभीको दुनियाँबाट गायब भए ।

कपिल २००६ साल देखि टिभीको दुनियाँमा सक्रिय हुदै आएका थिए । उनको स्वर्णिम काल तब सुरु भयो जब उनले आफनै शो ‘कमेडि नाइटस उथ कपिल शर्मा’ कलर्स च्यानलमा सुरु गरेका थिए । यो शो तीन वर्ष सम्म चल्यो र निकै चर्चित पनि भएको थियो । यस शोले कपिललाई मनोरञ्जनको जगतमा स्टार बनाएको थियो ।

२०१६ मा कपिलले शोलाई थोरै परिवर्तन गरेर नयाँ नाम ‘द कपिल शर्मा शो’ भनेर सुरु गरेका थिए । उनले अप्रेक्षा गरे जति सफल रहेन । करिब १ वर्ष सम्म मात्र यो शो चल्यो । यसै शो को स्टार सुनिल ग्रोवर र कपिल शर्मा बीच झगडा भयो । यस बीच अरु कलाकारहरु पनि किनारा लागे, यस पछि कपिलले नयाँ शो ‘फेमेली टाइम उथ कपिल शर्मा’बाट फर्कने कोशिश गरे तर दुई एपिसोड पछि यस शोलाई अफ एयर गरिएको थियो । त्यस पछि कपिल शर्मा पुरै पर्दाबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha