१ करोड लिएर अनुपसँग रोमान्स गर्दै सन्नी लियोनी !

भारतिय अभिनेत्री सन्नी लियोनी नेपानी फिल्म ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छिन् । नेपाली फिल्ममा देखिने सन्नी लियोनीसँग अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङले स्क्रिन सेयर गर्न भएका छन् ।

सम्राट बस्नेतको निर्देशनमा बन्ने यस फिल्मको लागि सन्नी लियोनीले भारतिय एक करोड भन्दा बढि लिएको स्रोतले खुलाएको छ । बेलायतको लण्डनमा छांयाकन हुने यस फिल्म अगस्ट २६ बाट फ्लोरमा जानेछ ।

बिक्रम जोशीको निर्माणमा रहेको यस फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ बाहेक छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायत कलाकारको अभिनय रहने छ । २०१९ को सुरुवातीमा रिलिज गर्ने लक्ष्यका साथ यस फिल्मको छांयाकन गरिने छ ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा सौरभ लामाको छांयानक रहने छ । कोरियोग्राफी रामजी लामिछानेको रहने छ । फिल्म निर्मातामा हिराल जोशी र अमित बस्नेत रहेका छन् भने विक्रम जोशी क्रियटिभ निर्देशकको रुपमा आवद्ध छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha