भदौका बाँकी पाँच फिल्म, चल्लान् कुन कुन ?

भदौको सुरुवाती फिल्मको व्यापार उत्साहप्रद हुन सकेन । नेपाली फिल्महरु बिचमै प्रतिस्पर्धा हुँदा बलिउड र हलिउड फिल्मको दब्दबा हलमा भयो । भदौको दोश्रो सातादेखि अन्तिमसम्म चार वटा फिल्महरु प्रदर्शनमा आउँदैछन् । नाईं नभन्नू ल ५ सँग आउने रेनी, मेरी मामु, रामकहानी र रोजले कस्तो व्यापार गर्लान् त ? छोटकरीमा चर्चा गरौं ।

विकास आचार्यको फिल्म ‘नाई न भन्नु ल ५’ मा झण्डै एक दर्जन कलाकार छन् । निरुता सिंह, दीलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, बुद्दी तामाङ, बाल कलाकार अनुभव रेग्मी, सेड्रीना शर्मा, नव नायक अभिषेक नेपाल, कलाकार उत्तम केसी लगायतलाई यो फिल्ममा देख्न सकिनेछ ।

दोस्रो सिरिजदेखि जोडिदै आएका अनुभव र अभिनेत्री प्रियंका कार्की पाँचौ सिरिजसम्म पनि निरन्तर पाइरहेका छन् । सेड्रिनाले प्रोमोबाट राम्रो चर्चा बटुलि रहेकी छन् । नाईं नभन्नू ल ५ सँगै लाग्ने फिल्म रेनी मा दीपक ढकाल र सनम मल्लको मुख्य भूमिका छ । फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् ।

सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’ भाद्र १५ गते देखि रिलिज आउँदैछ । यस फिल्ममा आयुब सेन, नायक सारुक ताम्राकार र नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेका छ । यी सँगै नायिका कुसुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट समेतको अभिनय रहेको छ । आसुसेन ब्यानरबाट निर्माण भएको प्रेम गीत र पे्रम गीत २ हिट भएपछि निर्माता सेन मेरी मामु लिएर दर्शकको माझ आएका हुन् । बाल मनोविज्ञानमा आधारित ६ वर्षिय आयुव सेनले मुख्य भूमिका निभाएका छन् ।

भाद्र २२ मा सुर्दशन थापाको निर्देशन रहेको फिल्म ‘रामकहानी’ र निरक पौडेलले निर्देशन गरेको फिल्म ‘रोज’ एक साथ रिलिजमा आउँदैछन् । रामकहानीमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडि सँगै जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा जस्ता हाँस्य कलाकारको बाहुल्यता छ । फिल्म युनिट यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । रामकहानीको गीत र प्रोमोलाई दर्शकले मन पराएका छन् ।

निरक पौडेलले निर्देशन गरेको फिल्म ‘रोज’ मा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका परमिता राज्यलक्ष्मी राणा छिन् । साथै यस फिल्ममा कर्म शाक्य, बरुण राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोज टिम पनि देश दौडाहमा निस्किदैं छ । फिल्मको प्रोमो यसै साता आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha