‘रेनी’ फिल्मको विगोगान्त गीत : ‘माया यो कस्तो माया’

दीपक ढकाल र सनम मल्लको मुख्य भूमिका रहेको फिल्म ‘रेनी’ को ‘माया यो कस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको यस गीतमा विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको छ । कोरियोग्राफी मदन खडकाले गरेका छन् । भिडियो हेर्नुस् :

फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । सनम मल्लको लेखन रहेको यस फिल्ममा सरोज खनाल, दीपक ढकाल, सनम मल्ल, गिरिश रिजाल, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । बिमला मल्ल र संजीव मल्लको निर्माणमा रहेको यस फिल्ममा जय राम थापाले छायांकन गरेका छन् । यो फिल्म शुक्रबार फिल्म भाद ८ गते देखि रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha