एशियाकै दोश्रो ठुलो फिल्म ‘२.०’ को भिडियो भाइरल

अक्षय कुमार र रजनी कान्तको अभिनयमा रहेको फिल्म ‘२.०’ भारतिय सिनेमाको सबै भन्दा मंहगो फिल्म मध्ये एक हो । यो फिल्म बनाउनको लागि निर्देशक एस शंकरले लामो समय लगाएका छन् । यो फिल्मको लागि निर्माण पक्षले पनि आशा गरिएको भन्दा धेरै पैसा लगाएका छन् ।

‘२.०’ फिल्म ४५० करोड भारुको बजेटमा बनिरहेको छ । यस फिल्मको बजेटको बारेमा सुनेर बलिउडका निर्माताहरु पनि अच्मित भएका छन । ‘बाहुबली २’ पछि यो साउथको सबै भन्दा ठुलो फिल्म मानिएको छ । प्रमोशन र स्क्रीन काउन्टको आधारमा यो फिल्मले सबै फिल्मलाई पछि पारेको छ ।

‘२.०’ को प्रि– प्रोडक्शन टीम लगातार फिल्मको सेट निर्माण कार्यमा लागेको छ । इन्टरनेटमा बीबीसीको एक भिडियो भाइरल भई रहेको छ । जसमा २.० को सेटको फुटेज देखाइएको छ । भिडियोमा फिल्मको नायिका एमी जैकसन डान्सको तयारी गरिरहेकी छिन् ।

एमी यसमा रोबोटिक कस्टुममा देखिएकी छिन् । फिल्ममा जोडिएका टेक्नीशियन २.० बारेमा सानो भन्दा सानो कुराको जानकारी दिईरहेका छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha