दिपाश्री ४४ लागिन्, दीपकराजले वयान गर्ने शब्द भेटेनन्

ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्री निरौलाको भदौ ७ गते जन्मदिन हो । दिपा यो मितिबाट ४४ वर्षमा प्रवेश गरेकी छन् । सानो पर्दा हुँदै ठुलो पर्दामा स्थापित भएकी दिपाश्री लाई जन्मदिनको धेरै धेरै शुभकामना ।

सरल स्वभाव र मिजासिली दिपाश्री निरौलालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको लर्को लागेको छ । उनका जोडी दिपकराज गिरीले सबेरै फेसबुकमा कविता लेखेर जन्मदिनको शुभकामना दिएका छन् ।

बिहानै उठेर शब्दको फूलबारीमा छिरें
तिम्रा लागि सुन्दर शब्द टिप्छु भनेर,
यो शब्द टिपे पुगेन, अर्को शब्द टिपे पुगेन
सोचें शब्द खोज्न अझै धेरै मेहनत र जोश चाहिन्छ
शब्दले भन्यो प्रयास व्यर्थ छ
उनको लागि त पूरै शब्दकोश चाहिन्छ
जन्मदिनको लाखौ शुभकामना तिमिलाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha