रेखा र दीपाबिच के-के छन् त समानता ?

रेखा थापा र दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रका चर्चित अनुहार हुन् । यी दुई सेलिव्रेटीका धेरै समानता छन् । रेखा र दिपाबिच पाइने केही समनातालाई हामीले यहाँ प्रस्तुत गरेका छौं । रेखा र दीपसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

रेखा र दिपाबिच पाइने पहिलो समानता भनेको उनीहरुलाई सर्वाधिक दर्शकले चिन्दछन् । गाउँदेखि शहरसम्म रेखा थापा र दिपाश्री निरौलाको नाम बच्चादेखि वृद्धसम्म पहिल्याउँछन् । रेखा थापा फिल्मका कारणले दर्शकमाझ चिनिएकी हुन् भने दिपाश्री फिल्म, टेलिफिल्म र पछिल्लो समय फिल्म ‘छक्का पञ्जा’ सिरिज निर्देशन गरेका कारण दर्शकमाझ चिनिइन् ।

अर्को कुरा रेखा र दिपा पुर्वका हुन् । उनीहरु दुवैको गृह जिल्ला मोरगं हो । एकै गृह जिल्लाका यी चर्चित अनुहारको जन्मदिन महिना पनि एकै हो, भदौ । भदौ ५ गते रेखाको जन्मदिन हो भने दिपाको भदौ ७ गते हो । ३५ र ४४ बसन्त पुरा गरेका यही दुइको जन्मदिन अन्तर मात्र एक दिनको छ ।

रेखा र दिपाबिचको अर्को समानता भनेको यी दुवै सक्षम एकल महिला हुन् । यिनीहरु दुवै आफ्नै कर्मले परिचित छन् । रेखा र दिपाले अभिनय हुँदै फिल्म निर्माण र निर्देशन हात बढाइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha