‘नाईं नभन्नू ल ५’ बर्षकै पहिलो बिग रिलिज

विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नु ल ५’ यो वर्षको पहिलो बहुप्रतिक्षित फिल्म हो । यो सुपरहिट सिरिज भदौ ८ गते, शुक्रबारदेखि देशका सर्वाधिक हलमा रिलिज हुँदैछ । यस कारण यो बहुप्रतिक्षित बर्षकै पहिलो बिग रिलिज हो ।

राजधानी र मोफसल गरी ‘नाईं नभन्नु ल ५’ झण्डै एक सय बढी हलरुमा लाग्दैछ । फिल्मले मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । अनुभव रेग्मी र सेड्रिना शर्माको बालप्रेम कथामा आधारित यस फिल्मलाई बच्चा देखि लिएर वृद्धवृद्धा सबैले हेर्न मिल्नेछ । सेन्सर वोर्डबाट फिल्मले युनिभर्सल प्रमाण पत्र पाएको छ । यसअर्थ यो पारिवारिक फिल्म हो । दीलिप र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

उसो त ‘नाईं नभन्नू ल ५’ मा दर्जन भन्दा बढि चर्चित कलाकारहरुले अभिनय गरेका छन । यो फिल्ममा निरुता सिंह देखि लिएर प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझि, स्वस्तिमा खड्का, नव नायक अभिषेक नेपाल, लगायतका कलाकारहरु यस फिल्ममा जोडिएका छन् । फिल्ममा दोस्रो सिरिजदेखि नै अनुभव र प्रियंका जोडिदै आएका छन् ।अनुभव र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्मको प्रोमोलाई २६ लाख भन्दा बढिले हेरेका छन् । पछिल्लो समयको फिल्महरुमा सबै भन्दा बढि हेरिएको प्रोमो मध्येको यो एक हो । यस फिल्मको शिर्ष गीतलाई पनि दर्शकले निकै रुचाईरहेका छन् । स्वस्तिमा खड्का र अभिषेक नेपालले फिचर यस गीतलाई ३८ लाख भन्दा बढिले हेरेका छन् । स्वस्तिमा र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्मको सेड्रिना शर्मा र अनुभव रेग्मीले फिचर गीत बालापनको उमेर १९ लाख भन्दा बढिले हेरेका छन् । फिल्मको प्रोमो र गीतले कमाएको लोकप्रियता अनुसार यो फिल्म हिट हुन सक्ने अनुमान लगाउन सकिन्छ । नाईं नभन्नू ल का सबै सिरिज सुपरहिट भएका छन् । ‘नाईं नभन्नू ल ५’ चाहिं के होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha