प्रदीपको ‘रोज’ प्रोमो सार्वजनिक

प्रदीप खड्का स्टारर फिल्म ‘रोज’को प्रोमो सार्वजनिक भएको छ । लभ, रोमान्स र सस्पेन्स भरपुर प्रोमोमा प्रदीपको जोडी पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगरसँग बाँधिएको छ ।

हेर्नुहोस् प्रोमो:-

फिल्ममा प्रदीपलाई लभरव्वाय र अपराधीको भूमिकामा प्रस्तुत गरिएको छ । भने मिरुना वकिल र पारमिता लभरगर्लको भूमिकामा छिन् । निरक पौडेल निर्देशित फिल्ममा कर्म शाक्यको पनि मुख्य भूमिका छ ।

भदौ २२ मा रिलिज हुने फिल्ममा एलिश कार्कीको संगीत, मित्र डी गुरुङको सम्पादन, राजुबिक्रम थापाको डीओपी र केदार भुषालको लेखन छ । आर्या पौडेल र आरोही केसी फिल्मका निर्माता हुन् । यहिँ मितिमा सुदर्शन थापा निर्देशित ‘रामकहानी’ पनि प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha