पूजा र आकाश प्रेममा चुर्लुम्म ! (भिडियो)

सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । रिलिकल भिडियोसहितको गीतले मुख्य पात्र पूजा शर्मा र आकाश श्रेष्ठको प्रेम वर्णन गरेको छ । रोमान्टिक स्याड भर्सन गीतमा अर्जुन पोखरेलको शब्द/संगीत तथा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ ।

हेर्नुहोस् गीत:-

यसअघि सार्वजनिक एक गीत, ट्रेलर र पोस्टरबाट उच्च हाइप सिर्जना गरेको फिल्म बक्स अफिस र दर्शकका लागि प्रतिक्षित छ । फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, सोभित बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कमेडी लभस्टोरी फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा/संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha