दिपाश्रीको केक काट्न को-को पुगे ? (फोटो फिचर)

निर्देशक दिपाश्री निरौलाले आफ्नो ४४ औं जन्मदिन आफ्नो टिम र मिडियासँग मनाएकी छिन् । नयाँ बानेश्वरस्थित रेडियो अडियोको कार्यालयमा नायिका प्रियंका कार्की दिपाको जन्मदिन मनाउँन केक लिएर पुगेकी थिइन् । भिडियो :

प्रियंका सहित कलाकारहरु शिवहरी पौडेल, केदार घिमिर माग्ने बुढा, जितु नेपाल मुन्द्रे लगायतले दिपाको प्रशंसा गर्दै जन्मदिनको शुभेच्छा दिए । दिपक भने छक्का पञ्जा ३ छायाँकनका लागि राजधानी बाहिर भएकाले दिपाको जन्मदिनमा आउन पाएनन् । दिपक र प्रियंकाले आफ्नो जन्मदिनमा लेखेको शब्दले मन छोएको भन्दै दीपा भावुक समेत भइन् ।

यस्तै उनले दशैंमा रिलिज हुने फिल्म छक्का पञ्जा ३ निकै मिहेनत गरेर बनाएको बताइन् । उनले फिल्मले दर्शकको मन जित्ने विश्वास दिलाइन् । ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्रीको जन्मदिनका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha