दर्शक रुवाउने ‘नाईं नभन्नू ल ५’, स्यावास सेड्रिना !

आजदेखि प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नू ल ५’ लाई राम्रो प्रतिक्रिया मिलेको छ । शुक्रबार गरिएको विशेष शोमा सहभागी अधिकांशले फिल्मले मन छोएको प्रतिक्रिया दिए । पाँचौ श्रृंखलामा आएर जोडिएकी सेड्रिना शर्माले सबैबाट स्यावासी पाइन् । भिडियो हेर्नुस् :

‘यो फिल्मबाट सुपरस्टारको जन्म भएको छ’, ‘नाईं नभन्नू ल ५’ हेरेपछि अभिनेता सरोज खनालले भने, ‘सानी बच्चीले सबैलाई खाइदिएको छ । फिल्मले मन छुन्छ ।’ ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्री निरौला फिल्म हेरेर धेरै ठाउँमा रोइछन् । ‘नाईं नभन्नू ल २’ पछि ५ मा धेरै रोएँ । मेरो पनि आमा हुनुहन्छ । त्यसैले पनि आमा र छोरीको मायाले धेरै छोयो । उनले फिल्मका सबै कलाकारको कामको प्रशंसा गरिन् ।

विकास आचार्यकै फिल्म फिल्म ‘नाईं नभन्नू ल ४’ बाट डेव्यु भएकी नायिका बर्षा राउत फिल्म हेरिरहंदा रोइरहेकी थिइन् । ‘कन्ट्रोल गरिरहेको छु’, बर्षा भन्दै थिइन्, ‘अहिले त सकिंन । आँसु नै आयो ।’ यता निर्देशक सुरज सुब्बा नाल्बोले कति रुवाएको भन्दै विकास आचार्यलाई ठट्यौली शैलीमा गाली गरे । उनले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

फिल्म सकेर बाहिर आउँदा पनि प्रियंका कार्की र अनुभव रेग्मीका आमाहरु आँसु पुछ्दै थिए । आमा र छोरीको सम्बन्धको कथाले निकै मन छोएको उनीहरुले बताए ।

सामिप्यराज तिमल्सेनाको लेखन रहेको ‘नाईं नभन्नू ल ५’ मा अनुभव, सेड्रिना र प्रियंका सँगै स्वस्तिमा खड्का, अभिषेक नेपाल, केकी अधिकारी, दीलिप रायमाझीको अभिनय छ । अभिनेत्री निरुता सिंहलाई विशेष भूमिकामा देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha