विदेश गएपछि फर्कनै मुस्किल, पर्खाइ दश हिरोइनको

नेपाली कलाकारको विदेशी मोह निकै छ । कलाकारको यो मोह रहर र बाध्यता दुबै हो । विदेशमा रहेका केही नेपाली नायिका बारे यहाँ छोटो चर्चा गरिएको छ ।

निरुता सिंह
निरुता त्यहाँ नयाँ जीवन सुरु गर्न मुम्बई गएकी थिइन् । तर झण्डै एक दशकपछि निरुताले ‘नाई न भन्नु ल ५’ मार्फत कमब्याक गरेकी छिन् । मह जोडी र किरण केसीले बनाउने फिल्म ‘दालभात तरकारी’ को छायाँकन मंसिरदेखि हुँदैछ । राम्रो प्रोजेक्ट पाए निरुता यतै व्यस्त हुने योजनामा छिन् ।

जल शाह
चुलबुले हिरोइन जल शाहलाई दर्शकले पर्दामा नदेखेको दशक भैसक्यो । अमेरिका उडेपछि जलको अभिनय यात्रा रोकियो । यसै साल आमा गुमाएकी जललाई आफ्नो हेवी वजनका कारण पनि फिल्ममा फर्कन मुस्किल देखिन्छ ।

विपना थापा
निरुता र जलकै समकालिन नायिका विपना थापा बिहेपछि भारतको मथुरा राज्य गइन् । छोरा पाएपछि त झन उनी घर गृहस्थीमा व्यस्त भइन् । विपना लामो समयपछि यस वर्ष मिडियामा छाइन् । छोरा हुर्किएको भन्दै बिपिनाले आफैंले फिल्म बनाउने बताएर भारत फर्किएकी छन् ।

अरुणिमा लम्साल
‘धड्कन’ हिरोइन अरुणीमा लम्साल परिवार सहित अमेरिका बस्दै आइरहेकी छिन् । श्रीमानसँगको सम्बन्ध विच्छेद पछि अरुणीमा छोरीसँग त्यहाँ बस्छिन् । फिल्म ‘उर्वशी’ पछि अरुणीमा पर्दामा देखिएकी छैनन् । अरुणीमा कहिले कमब्याक गर्छिन्, कुनै टुंगो छैन ।

ऋचा घिमिरे
हाल अमेरिका रहेकी नायिका ऋचा घिमिरेका तीन सन्तान छन् । उनी यतिबेला तीन सन्तानको हेरचाहमा व्यस्त छिन् । ऋचाको सामाजिक सञ्जाल नियाल्दा भने उनी काँचको पर्दामा फर्किन आतुर छिन् । तर कहिले भने चाहिं टुंगो छैन ।

उषा पौडेल
फिल्म ‘मुना मदन’ की मुना अर्थात् नायिका उषा पौडेल पनि पर्दामा नआएको लामो समय भएको छ । केही बलिउड सिरियलमा समेत अभिनय गरेकी उषा यतिबेला भने सुधान्शु जोसीसँग विवाह गरेर अमेरिकामा रमाइ रहेकी छिन् । उषाको पनि कमब्याक त्यति सहज छैन ।

युना उप्रेती 
‘पर्खिबसे’ हिरोइन युना उपे्रती पनि अहिले अमेरिकामै छिन् । युनालाई दर्शकले ‘प्रितीको फूल’ पछि पर्दामा देख्न पाएका छैनन् । अब त आमा बन्ने तयारीमा रहेकी युनालाई दर्शकले लामै समय फर्किनु पर्ने देखिन्छ ।

गरिमा पन्त
झोला जस्तो फिल्ममा अभिनय गरेकी अभिनेत्री गरिमा पन्त पनि विदेशमै छिन् । उनले दुई वर्ष अघि बेल्जियममा बस्दै आएका हरि थपलियासँग बिहे गरिन् । बिहे पश्चात गरिमा श्रीमानसँग उतै बस्दै आइरहेकी छिन् । गरिमाले तत्काल फिल्ममा फर्किने लक्षण देखाएकी छैनन् । कहिले फर्किएलिन् त उनी ?

नन्दिता केसी
भूकम्प पछि नायिका नन्दिता केसी पनि अमेरिका उडिन् । सपनाको शहर पुगेपछि नन्दिताले फिल्म खेल्ने रहर देखाएकी छैनन् । नन्दिताको फिल्ममा फर्किने सम्भावना पनि त्यति बलियो देखिदैंन ।

निशा अधिकारी
नायिका निशा अधिकारी केही महिना अगाडी अमेरिका गएकी हुन् । त्यहाँ पुगेर छोरा जन्माएकी निशाको तत्काल फिल्ममा फर्किने सम्भावना छैन । ‘झ्यानाकुटी’ बनाएकी निशा निर्माताको रुपमा पनि कमब्याक हुन सक्नेछिन् । उनी अभिनित फिल्म कुम्भकर्ण प्रदर्शनको पर्खाइमा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha