प्रदीप भन्छन्, ‘नाम फेरिएर फरक पर्दैन’

भदौ ८ गते रिलिज हुने फिल्म ‘रोजी’ बाट ‘रोज’ बन्यो । आफ्नै प्रेमीबाट हत्या गरिएकी रोजी महर्जनसँग फिल्मको कथा मिलेको भन्दै परिवारले नाम परिवर्तन गर्न दबाब दिएपछि निर्माण टिमले नाम परिर्वन गरेको हो ।

रिलिजको मुखमा फिल्मको नाम परिवर्तन गरिएपनि निर्माण पक्षले फिल्ममा कुनै असर नपर्ने बताएको छ । साथै फिल्म युनिटले बारम्बार रोजी महर्जनको कथासँग फिल्मको कहानी मेल नभएको पनि दाबी गर्दै आइरहेको छ । फिल्मका नायक प्रदीप खड्का ‘रोजी’बाट फिल्मको नाम ‘रोज’ सोचर राखेको बताउँछन ।

परिवर्तित फिल्मको नाम बारे खुलाउँदै उनले बिहिबारको प्रेसमिटमा भने ‘हामीसँग फिल्मको नाम सोच्नको लागि दुई तीन महिनाको समय थियो । नाम परिवर्तन गरेर, कसैको भावनामा चोट पुराएर संवेदना लिने उद्देश्य थिएन । रोजी मान्छेको नाम हो, यस फिल्ममा रोजी क्यारेकटरको नाम होइन, उपनाम हो ।’

फिल्मको नाम ‘रोज’ राख्नुमा सार्वजनिक फिल्मको गीत पनि जोडिएको प्रदीपले तर्क गरे । ‘फूल होइन काँडा गीत चलेपछि फिल्मको नाम रोज राखेको हो । भ्यालेन्टाइन डेको दिन रेड रोज दिन्छौ, फेन्डशिप डेको दिन एल्लो रोज दिन्छौ, हाम्रो फिल्ममा मित्रताको कथा र प्रेम कथा छ’, उनले खुलाए, ‘फूलसँगै काँडाको कथा पनि आउने भएकोले यस फिल्मको लागि रोज नाम सुहाउँछ भनेर राखिएको हो ।’ प्रोमो हेर्नुस :

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा प्रदिपसँगै परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । रोज फिल्मलाई निरक पौडेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha