‘ह्यापी फिर भाग जाएगी’ मा सोनाक्क्षीको प्रसंशा

सोनाक्क्षी सिन्हा ‘वेलकम टु न्युयोर्क’ पछि ‘ह्यापी फिर भाग जाएगी’ फिल्म मार्फत दर्शकमाझ आएकी छिन् । यो फिल्म उनको लागि जीवनदान हुन सक्छ । पञ्जावी केटीको भुमिकामा देखिएकी सोनाक्षीले यो फिल्मबाट निकै चर्चा कमाइरहेकी छिन् ।

‘होली डे’ र ‘एक्सन ज्याक्सन’ पछि उनले त्यति चर्चा कमाएकी छैनन, तर यो फिल्मबाट पहिलो दिनमै राम्रो चर्चा कमाएकी छन् । यो फिल्मले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाइरेको छ । भारतिय समिक्षकले नै यो फिल्मले सुरु देखि लिएर अन्तिम सम्म दर्शकलाई बाँधेर राख्न सक्ने बताएका छन् ।

निर्देशक मुदस्सर अजीजले २०१६ मा ‘ह्यापी भाग जाएगी’ फिल्म बनाएका थिए । अहिले उनले नयाँ सोचका साथ ‘ह्यापी फिर भाग जाएगी’ निर्देशन गरेका हुन् । यस फिल्ममा पाकिस्तानमा होइन चाइनामा भाग्ने कथालाई समेटिएको छ । दुई देश बिचको कथालाई समेट्नु पर्याे भने पाकिस्तानको नाम अगाडि आईहाल्छ । तर निर्माण पक्षले यो फिल्मको कथा चाइनासँग जोडने हिम्मत गरेको हो ।

यो फिल्ममा सोनाक्क्षी सिन्हा देखि लिएर अली फजल, जिम्मी शेरगिल, पीयुष मिश्रा, अपारशक्ति खुराना लगायतका कलाकार छन् । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने आशा राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha