अनमोलको ‘क्याप्टेन’ लुक्स कस्तो लाग्यो ?

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अनमोलले उडेर फुटबल हानिरहेका छन् । ‘क्याप्टेन’ अनमोलको ११ नम्बरको जर्सीमालाई पनि पोस्टरमा फोकस गरिएको छ ।

पोस्टर सार्वजनिक गरिएपनि ‘क्याप्टेन’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । छिट्टै खेल सुरु हुँदैछ, पोस्टरमा उल्लेख गरिएको छ । तर प्राप्त जानकारी अनुसार निर्माता भुवन केसीले क्याप्टेन लाई कात्तिक १६ गते प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

दिवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ मा अनमोल शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा सामिप्यराज तिमल्सेनाको कथा, अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको द्वन्द र कविराज गहतराजको कोरियोग्राफी छ । एक्सन फिल्म कृ पछि अनमोलको फुटबल खेल सम्बन्धी क्याप्टेन दर्शनमाझ आउन लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha