शनिबार ‘नाईं नभन्नू ल ५’ को व्यापार आक्रमक

फिल्म ‘नाईं नभन्नू ल ५’ ले शनिबार देशैभरका हलमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । चावाहिलस्थित गोपिकृष्ण हलमा यो फिल्म शनिबार दिउँसो २ बजे चार वटा हल हाउसफूल भएको रिपोर्ट छ । देशका अन्य हलमा पनि दर्शकको चाप उच्च रहेको वितरक सुनिल मानन्धर बताउँछन् । भिडियो हेर्नुस् :

शनिबार अनुभव रेग्मी र सेड्रिना शर्मालाई लिएर फिल्मको टिम राजधानीका विभिन्न हलमा पुगेको थियो । जहाँ फिल्मका मुख्य दुई बाल कलाकारलाई दर्शकले निकै माया देखाए । दर्शकले फिल्ममा उनीहरुले गरेको अभिनयको प्रशंसा गरे । ‘नाईं नभन्नू ल ५’ बाट पहिलो पटक अभिनय थालेकी सेड्रिनाको कामको यतिबेला चौतर्फी प्रशंसा भैरहेको छ ।

विकास राज आचार्य निर्देशित फिल्म नाईं नभन्नू ल ५ मा सेड्रिनासँगै अनुभव रेग्मी, प्रियंका कार्की र स्वस्तिमा खड्का, अभिषेक नेपाल, केकी अधिकारी, दीलिप रायमाझी र अभिनेत्री निरुता सिंहको पनि अतिथि भूमिका छ । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । अनुभव, सेड्रिना र स्वस्तिमासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुस् :

शुक्रबार औषत व्यापार गरेको ‘नाईं नभन्नू ल ५’ ले शनिबार आक्रमक व्यापार गरेको हो । आइतबार र सोमबार दुई दिन बिदा परेकाले हलमा दर्शकको भिड लाग्ने आशा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha