‘रामकहानी’ को रमाइलो प्रचार (फोटो फिचर)

भदौ २२ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रामकहानी’ को प्रचार प्रसारलाई तिब्र पारिएको छ । शनिबार मात्रै फिल्म युनिटले सार्वजनिक ध्यानकर्षणको कार्यक्रम गर्यो । यो भिडियो हेर्नुस् :

अक्सिडेन्टल वोर्डिगं स्कूलका झण्डै दुई सय जना विद्यार्थीले असनको चोकमा ‘रामकहानी’ को ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरे । स्कूले बालबालिकासँगै नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे र जितु नेपालले उक्त गीतमा नृत्य प्रस्तुत गरे ।

नविन न्यौपानेको कोरियोग्राफी उक्त नृत्य कार्यक्रम फिल्मका मार्केटिंग म्यानेर जितेन्द्र खतिवडाको व्यवस्थापनमा आयोजना भएको हो । राजधानीका विभिन्न स्थानमा यस प्रकारको सामुहिक नृत्य गरिने निर्मात्री समेत रहेकी पूजाले बताइन् ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको ‘रामकहानी’ को प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसारलाई जोड दिइएको हो । राजधानीसँगै मोफसलका विभिन्न शहरमा फिल्मको प्रचार भिन्न भिन्न तरिकाले गरिने निर्देशक तथा निर्माता थापा बताउँछन् । फिल्मको प्रोमो र दुई वटा गीत सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha