प्रदीप र पारमितालाई ‘रोज’ को सुटिङ सक्नै सकस !

फिल्म ‘रोज’ हलमा लाग्न दुई साता मात्रै बाँकी छ । तर फिल्म युनिट भने अझै एक्सन कटमा व्यस्त छ । गत सातादेखि सुरु भएको छायाँकन सक्न अझै केही दिन लाग्नेछ जानकारी छ ।

नायक प्रदीप खड्का र नायिका पारमिता राज्य लक्ष्मी शाहले सुटिङका रमाइला तस्बिर सार्वजनिक गरेका छन । तस्बिर अनुसार प्रदीप र पारमिता निकै रमाइलो गरिरहेका छन् । रमाइलो सँगै उनीहरुलाई फिल्मको सुटिंग सक्न निकै कष्ट परिरहेको छ । किनकी छायाँकान सकेर केही दिनमै प्रचारको लागि देशदौडाहमा लाग्नु पर्नेछ । ‘रोज’ मा प्रदीप र मिरुनासँगै नायिका मिरुना मगर पनि मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । प्रोमो हेर्नुस् :

निरक पौडेल निर्देशित रोज सस्पेन्स क्राइम जनरामा आधारित छ । ‘रोजी’ बाट ‘रोज’ बनेको फिल्म कुनै सत्य घटनामा आधारित फिल्म नभएको निर्माण पक्षले दाबी गर्दै आइरहेको छ । फिल्म भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha