बर्षा, स्वस्तिमा र एलिशाको प्रियंका-केकी माथि कमेन्ट

शुक्रबार साँझ नायिका स्वस्तिमा खड्का, बर्षा राउत र मोडल एलिशा राईले सँगै बसेर ‘नाईं नभन्नू ल ५’ हेरे । एकै दिन दुई पटक फिल्म हेरेकी बर्षालाई ‘नाईं नभन्नू ल ५’ निकै मन परेछ । एलिशाले पनि फिल्मको प्रशंसा गरिन् । सबैको प्रशंसाबाट स्वस्तिमाबाट मख्ख थिइन् । भिडियो हेर्नुस् :

‘नाईं नभन्नू ल ५’ हेरेपछि कुन कलाकारले के सुधार गरेको भए राम्रो हुन्थ्यो होला भनेर मिडियाले स्वस्तिमा, बर्षा र एलिाशालाई सोधेको थियो । यो प्रश्नमा यी तीन हितैषीले सोच विचार गरेर जवाफ दिए । वर्षाले नायिका प्रियंका कार्कीको आइ लासेस (नक्कली आँखाको परेला) नमिलेको बताइन् । केकी अधिकारीले चाहिं मेकअप डार्क नगरेको भए राम्रो हुने बताइन् । एलिशा राईले पनि प्रियंका कार्कीको आइ लासेस माथि कमेन्ट गरिन् ।

‘उहाँलाई यस्तो अभिनय गर्नु पर्छ भनेर सिकाउनु पर्दैन’, एलिशाले भनिन्, ‘म भन्दा उहाँ धेरै सिनियर हो । तर एउटा सिनमा लासेस निक्लिएको थियो ।’ उनले केकी अधिकारीको हेयर स्टाइल परिवर्तन गरेको भए राम्रो हुने बताइन् । कुनै कमेन्ट गर्ने ठाँउ नपाएर यस्तो भनेको उनले स्पष्ट पारिन् ।

नायिका स्वस्तिमा खड्काले पनि बर्षा र एलिशाको कमेन्टमा सही थप्दै प्रियंकाको आइ लासेसमा कमेन्ट गरिन् । ‘सबै राम्रो छ, अभिनय देखि लिएर सबै राम्रो छ तर उहाँले लासेसमा ध्यान दिनु भएन त्यसमा ध्यान दिनु भएको भए अझै रामो हुन्थ्यो ।’

स्वस्तिमाले केकीको अभिनयको पनि तारिफ गर्दै भनिन्, ‘क्युट हुनु हुन्छ, साथै उनले तौल घटायो भने अझै राम्रो हुन्थ्यो ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha