‘ह्यापी फिर भाग जाएगी’ को निराशजनक सुरुवात

शुक्रबार देखि हलमा रिलिज भएको फिल्म ‘ह्यापी फिर भाग जाएगी’ ले बक्स अफिसमा राम्रो क्लेकशन गर्न सकेन । फिल्मले समिक्षकबाट राम्रो चर्चा पाएको छ, तर यो फिल्मले पहिलो दिनमा सोचे जति कमाई गर्न चुकेको छ ।

मुदस्सर अजीजले निर्देशन गरेको हिट फिल्म ‘ह्यापी भाग जाएगी’ (२०१६) को सीक्वल बनेको फिल्म ‘ह्यापी फिर भाग जाएगी’ले बक्स अफिसमा पहिलो दिन २.७० करोड कमाएको छ । मार्केट एर्नालिस्ट तरण आर्दशले फिल्मको कमाई गरेको तथ्यांक सार्वजनिक गरेका हुन । उनले यो हप्तामा फिल्मले राम्रो कमाउन सक्ने आशा राखेका छन् ।

‘ह्यापी भाग जाएगी’ले पहिलो दिनमा २.३२ करोड कमाएको थियो । यो फिल्ममा जिम्मी शेरेगिल, अभय देओल, अली फजल लगायतका कलाकार रहेका थिए । ‘ह्यापी फिर भाग जाएगी’ मा सोनाक्क्षी सिन्हा जोडिन आएकी छन् । फिल्ममा स्टार राखियो भने फिल्म शानदार कमाई गर्छ भन्ने विश्वास राखिदै आएको छ तर यो फिल्मको सन्र्दभमा यस्तो हुन सकेन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha